images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिका वडानम्बर–४ शान्तिपुरमा अवस्थित श्री उदय माध्यमिक विद्यालयमा मौसम स्टेसन स्थापना गरिएको छ । जिल्लामा ५ मेगावाटको हुग्दी खोला जलविद्युत केन्द्र सञ्चालन गरिरहेको रु रु जलविद्युत परियोजना लिमिटेडको प्राविधिक तथा आर्थिक सहयोगमा मौसम स्टेसन सञ्चालन गरिएको हो ।

कृषि सम्बन्धी प्राविधिक विषय अध्यापन हुने यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू तथा कृषकहरूलाई लक्षित गरी मौसम स्टेसन स्थापना गरिएको कम्पनीका बरिष्ठ अधिकृत बलदेव बलामीले बताए । ‘करिब २ लाख ८३ हजार रुपैयाँ लगानीमा मौसम स्टेसन स्थापना गरेका छौ’, उनले ऊर्जा खबरसँग भने, ‘यसबाट सापेक्षित आद्रता, हावाको मात्रा, तापक्रम र वर्षाको तथ्यांकबारे जानकारी उपलब्ध हुनेछ ।’

स्टेसनका आधारमा कुन समयमा कुन बाली लगाउन उपयुक्त हुन्छ भनेर कृषि विशेषज्ञ र प्राविधिकहरूले योजना निर्माण गर्ने गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । मौसम स्टेसन सम्भवतः नेपालका विद्यालयस्तरका शैक्षिक संस्थामा स्थापना गरिएको पहिलो स्टेसन रहेको जनाइएको छ ।

कम्पनीको ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजनाले २०७१ साल चैतदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit