विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंकको मोबाइल बैकिङ्ग मार्फत भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने भएको छ । बैंकले नेपाल–भारत भित्रका ग्राहकलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल (गेटपे पेमेन्ट सर्भिस प्रा.ली) संग सम्झौता गरेको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकिङ्ग एप मार्फत ग्लोबल स्मार्ट प्लस प्रयोग गरी आफ्नो ग्राहकलाई सामान खरीद गर्दा क्यूआर मार्फत भारत पे, पेटिएम, गुगल पेलगायतका  भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिनेछ ।

सेवा सञ्चालनमा आएपछि यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर भुक्तानी सम्भव हुनेछ । अब, भारतीय बैंक तथा वित्तीय संस्था प्रदायकको भुक्तानी सेवा नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्ट मार्फत गर्न सकिनेछ । साथै, बैंकका ग्राहकले पनि भारतीय व्यापारीलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन ।

ग्राहकले भारतीय बैंक र अन्य भुक्तानी सेवा प्रदायकबाट बैंकको खातामा रकम स्थानान्तरण गर्न सक्नेछन । यसले क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिनेछ ।

सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि बैंक सदैव अग्रसर रहिआएकोे छ । बैंकले मुलुकभर २८९ शाखा, २५४ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit