विद्युत अपडेट

  • प्राधिकरण : ८७५८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ११४२७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७९९९ मे.वा.घन्टा
  • आयात : ४१०१ मे.वा.घन्टा
  • निर्यात : ६३१७ मे.वा.घन्टा
  • ट्रिपिङ : ६५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५२३५१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३८० मे.वा.
२०८३ जेठ ६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
विद्युत् विस्तार नहुँदा स्थानीयबासी परम्परागत प्रविधिमै सीमित

डडेल्धुराको आलिताल गाउँपालिका–१ वनतालका स्थानीय अझै पनि परम्परागत प्रविधिमा आधारित छन् । अहिले पनि तेलका लागि परम्परागत घरेलु प्रविधि कोलकै प्रयोग गर्न स्थानीय बाध्य छन् । जिल्लामा विद्युतीकरण नहँुदा परम्परागत घरेलु मेसिन कोलको प्रयोग अझै भइरहेको हो ।

डेल्धुरामा विभिन्न किसिमका अमिलो, उखु, तोरी, चिउरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु मेसिनका रूपमा रहेको कोलको प्रयोग भइरहेको छ । विद्युत्लाइन विस्तार नहुँदा त्यहाँका स्थानीयले अझै पनि परम्परागत कोलकै प्रयोग गर्ने गरेका छन ।

जिल्लाको ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युतीय मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका छन् । तर, गाङ्खेत क्षेत्रका स्थानीय भने अहिले पनि परम्परागत कोलको प्रयोग गर्न बाध्य छन् । कोलमा तेल पेल्नका लागि बढी जनशक्ति र शारीरिक श्रम बढी लाग्ने भएकाले दुःख हुने गरेको स्थानीयको हरिसिंह खड्काको भनाइ छ ।

यो क्षेत्रमा अझैं पनि विद्युत् विस्तार हुन सकेको छैन । जनप्रतिनिधिले पनि विद्युत् सेवा विस्तारका लागि ध्यान नदिएको स्थानीयको गुनासो छ । विद्युत् सेवा नहुँदा एक जनाले गर्न सक्ने काम अहिले घरका सबै परिवार आएर ‘कोल’ को प्रयोग गरी तेल पेल्नुपरेको स्थानीय प्रेम खडकाले दुःखेसो गरे ।

काराेबार दैनिक

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३