काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणको कावासोती वितरण केन्द्रअन्तर्गत १३२/३३/११ केभीको कावासोती सबस्टेसनबाट नयाँ नयाँ 'अमलटारी' फिडर निर्माण गरेको छ । साविकको प्रगतिनगर फिडरलाई विभाजन गरी उक्त नयाँ फिडर निर्माण गरेको हाे ।
साउन २३ गतेबाट निर्माण गरिएको उक्त नयाँ फिडर निर्माणसँगै वितरण प्रणाली थप सुदृढ हुने भएको छ । नयाँ फिडर सञ्चालनमा आएपछि फिडरमा हुने ट्रिपिङ र प्राविधिक चुहावट (लस) घट्ने अपेक्षा गरिएको छ ।
यसका साथै पूर्व-पश्चिम राजमार्ग दक्षिणमा रहेका मुख्य पर्यटकीय क्षेत्रहरूसहित कावासोती नगरपालिकाका वडा नम्बर ७, १०, ११, १२, १३ र १५ का क्षेत्रहरूमा थप गुणस्तरीय, पर्याप्त र भरपर्दो विद्युत् सेवा उपलब्ध हुने कावासोती वितरण केन्द्रले जनाएको छ ।