विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । म्यार्दी खोला हाइड्रोपावर कम्पनी प्रालिले ३० मेगावाटको म्यार्दी खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । यसका लागि विद्युत् उत्पादन अनुमति पत्रको माग गर्दै कम्पनीले विद्युत् विकास विभामा आवेदन दिएर प्रक्रियालाई अघि बढाएको छ ।

लमजुङ र मनाङको सिमानामा पर्ने म्यार्दी खोलाको पानी उपयोग गर्ने गरी गरी नदी प्रवाहमा आधारित (आओआर) आयोजना निर्माण गर्न लागिएको हो । आयोजना लमजुङको मर्स्याङ्दी र मनाङको नासों गाउँपालिका भएर बहने म्यार्दी खोलाको दायाँ किनारमा निर्माण गरिने छ ।

आयोजनाको मुख्य प्राविधिक संरचनाहरूमा १० मिटर लामो बाँध, बालुवा थिगार्ने पोखरी, ३४५० मिटर लामो मुख्य सुरुङ र २ वटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन जडान गरिएको विद्युत्‌गृह रहनेछन् । कम्पनीले २०८५ चैत (सन् २०२९ मार्च) भित्र आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने समयसीमा तय गरेको छ ।

आयोजनाबाट वार्षिक औसत १७३.३६ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादन हुने विद्युत् १० किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मनाङ हब सबस्टेसनमा जोडिने छ ।

आयोजनाले राष्ट्रिय विद्युत् प्रणालीमा थप ऊर्जा योगदान पुऱ्याउने र स्थानीय क्षेत्रको विकासमा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३