विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ईक्रा नेपाल लिमिटेडले एनएमबी बैंकको विगतको रेटिङ्गलाई स्तर वृद्धि (स्तरन्नोति) गरी ‘आइसिआरएएनपि–आइआर) ए’ रेटिङ्ग प्रदान गरेको छ । बैंकले पर्याप्त वित्तीय दायित्व पूरा गरेको र सुरक्षित तथा दिगो बैंकिङ गर्दै आएको हुँदा स्तरवृद्धिको रेटिङ प्रदान गरेको हो ।

विगतका वर्षमा विभिन्न संस्थाहरूसँग भएको प्राप्तिको सकारात्मक प्रभाव, बैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जालको कारण देशव्यापी रूपमा बैंकका ग्राहकहरूको संख्यामा वृद्धि भएको कम्पनीले जानाएको छ । कम्पनीका अनुसार बैंकको बजारमा वृद्धि, पुँजीगत पर्याप्तता, कर्जा र तरलताको क्षेत्रमा देखिएको जोखिम व्यवस्थापन गर्नसक्ने क्षमता भएको छ ।

साना तथा मझौला कर्जामा भएको वृद्धि, बैंकको सकारात्मक विगत, असल स्वामित्व तथा कुशल र अनुभवि व्यवस्थापन समेतका आधारमा ईक्रा नेपालले बैंकलाई यस अघि प्रदान रेटिङ्गमा स्तर बृद्धि गर्दै  ‘आइ.सी.आर.ए.एन.पि–आइ.आर) ए’ रेटिङ्ग प्रदान गरेको हो । 

कम्पनीका अनुसार कोभिड १९ को असरको कारणले देशको समग्र आर्थिक अवस्थामा प्रभाव परिरहेको समयमा समेत बैंकको परिसूचकमा उल्लेखित सुधारले गर्दा बृद्धि भएको हो ।  

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको हो । बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरेको छ ।

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । नेपालमा इक्रा नेपाल लिमिटेड भारतको सहायक कम्पनीको रुपमा दर्ता भएको छ । यो कम्पनी नेपालको धितोपत्र बोर्डमा स्वीकृत भएको पहिलो रेटिङ्ग एजेन्सी हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit