विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
पर्यटन प्रवर्द्धन गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले नवलपरासीको गैंडाकोटमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला हुने भएको छ ।

पर्यटन प्रवर्द्धन गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले नवलपरासीको गैंडाकोटमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला हुने भएको छ ।

‘धेरै हेरियो राष्ट्रिय मेला, यसपाली हेरौं अन्तर्राष्ट्रिय मेला’ भन्ने नाराका मेला हुन लागेको हो । सांस्कृतिक विविधताको आदान–प्रदान र प्रचार प्रसारले देशको पर्यटन विकासमा योगदान पुर्याउने विश्वासका साथ एभरेष्ट नेपाल कल्चरल ग्रुपले मेलाको आयोजना गरेको छ ।

मेलामा बंगलादेश, कोष्टारिका, स्टोनिया, ग्रिस, भारत, नेपाल, इन्डोनेसिया, इजरायल, इटली, मलेसिया र टर्की लगायत ११ देशका २ सयभन्दा बढी कलाकार भेला हुनेछन् । साथै, देशका दर्जनौं चर्चित कलाकारको उपस्थिति हुने जनाइएको छ ।

आगामी १८ गते काठमाण्डौमा उद्घाटन गरी भक्तपुर, धादिङ हुँदै २१ गते गैंडाकोटमा समापन गर्ने तालिका रहेको मेला आयोजक समितिका निर्देशक दुर्गा रायमाझीले जानकारी दिए ।

प्राकृतिक दृष्टिले आकर्षक रहेको गैंडाकोटको नारायणी किनारमा हुन लागेको मेलाले गैंडाकोट—चितवन क्षेत्रको पर्यटन विकासमा उल्लेख्य योगदान पुर्याउने उनको भनाइ छ । एभरेष्ट कल्चरल ग्रुपले अहिलेसम्म करिब ६५ बढी देशमा नेपालको लोक संस्कृति प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३