विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत सुर्खेतको भेरीगङ्‌गा नगरपालिकामा अपाङ्‌गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपाङ्‌गता महासङ्‌घ नेपालको सहकार्यमा सञ्चालन गरिएको ‘अपाङ्‌गता रूपान्तरण तथा पुनर्स्थापना साझेदारी कार्यक्रम’ अन्तर्गत बैंकले ह्वीलचेयर, एल्बो क्रचेस र अन्य सामग्री वितरण गरेको हो ।

सहायक सामग्री वितरण कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, नगर प्रमुख यज्ञप्रसाद ढकाल, नगर उपप्रमुख अनसरा बोहरा, एनएमबि बैंकका लुम्बिनी एरिया म्यानेजर रमेश रेग्मी, सुर्खेत शाखाका प्रबन्धक सुमन सुबेदी लगायतको उपस्थिति रहेको थियो ।

उक्त सामग्री सहायताका लागि एनएमबिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरि २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३