विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालमा उत्पादित विद्युत खपत विस्तार गर्ने चर्चा व्यापक चलिरहँदा २०७९ साउन र भदौमा मात्र तीन पाङ्ग्रेसहित २५२९ वटा विद्युतीय सवारी भित्रिएका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युत सवारीमा अन्तशुल्क खारेज र कर घटाएपछि विद्युतीय सवारीको आयात बढेको हो ।

भन्सार विभागकोे तथ्याङ्क अनुसार साउन ६७० र भदौमा १८५९ विद्युतीय सवारी भित्रिएका छन् । नेपाल भित्रिएका सवारीमध्ये १६९० वटा तीन पाङ्ग्रे (सफा टेम्पो, विद्युतीय रिक्सा) सवारी छन् । बाँकी, ८३९ वटा चार पाङ्ग्रे विद्युतीय सवारी (कार, जिप, भ्यान) आयात भएका छन् ।

अनुसार साउन ४५९ वटा तीन पाङ्ग्रे (सफा टेम्पो, विद्युतीय  रिक्सा) सवारी आयात भएका छन् । यस्तै, बाँकी, २११ वटा चार पाङग्रे विद्युतीय सवारी (कार, जिप, भ्यान) आयात भएका छन् ।

नेपाल  भित्रिएका तीन पाङग्रे सवारीमध्ये ४३७ वटा चिनबाट र २२ वटा भारतबाट आएका हुन् । यस्तै, चार पाङग्रे १०० किलोवाटसम्मका २०५ वटा सवारी आयात भएको विभागको तथ्याङ्कमा छ । जसमा चिनबाट ३८, कोरियाबाट ४२ वटा र भारतबाट १२५ वटा आयात भएका छन् ।

यस्तै,  १०० देखि २०० किलोवाटसम्मका ४ सवारी भित्रिएका छन् । २ वटा कोरियाबाट र २ वटा सयुक्त राज्य अमेरिकाबाट ल्याइएको छ । बाँकी, २०० देखि ३०० किलोवाट क्षमतासम्मका २ वटा सवारी पनि सयुक्त राज्य अमेरिकाबाट आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

भदौमा चिनबाट १२३१ वटा र भारतबाट २१४ तीन पाङ्ग्रे सवारी भित्रिएका छन् । १०० किलोवाट क्षमताकासम्म ४० वटा सवारी चीनबाट, भारतबाट ३०४, कोरियाबाट ५८ वटा चार पाङ्ग्रे सवारी भित्रिएको विभागमा तथ्याङ्कमा उल्लेख छ । 

१०० देखि २०० किलोवाटसम्मको १० सवारी (कोरियाबाट ८ र अमेरीकाबाट २) भित्र्याइएको छ । २०० देखि ३०० किलोवाटसम्मका २ वटा सवारी अमेरिकाबाट भित्रिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit