विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार काण्डमा दोषी ठहर भएका ४ जनालाई ८ वर्ष १ महिनाको जेल सजाय सुनाइएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन ६ गते मेलम्चीको भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएर ३ जना  पूर्वसचिवसहित १५ जनाविरुद्ध विशेष अदालत काठमाडाैँमा मुद्दा दायर गरेको थियो । मुद्दामा आयोजनाको परामर्शदाता र निर्माण कम्पनीलाई पनि प्रतिवादी बनाइएको थियो ।

सोही मुद्दाको सुनुवाइ गर्दै अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले भदौ २५ गते पूर्व सचिव ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो ।पूर्वसचिव गजेन्द्र ठाकुरसहित ४ जनालाई उक्त सजाय सुनाएको हो ।

पूर्वसचिव  ठाकुरलाई भ्रष्टाचार मुद्दामा आठ बर्ष कैद सजाय तोकिएको छ । ठाकुरबाट १० करोड १० लाख रुपैयाँ बिगो र सोही बराबर जरिवाना तिर्नुपर्ने फैसला छ । उनी मेलम्ची खानेपानी समितिका तत्कालीन अध्यक्ष हुन् ।

यसैगरी, मेलम्चीका तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेललाई पनि ठाकुरसरह नै ८ वर्ष कैद, जरिवाना र बिगो असुलउपर हुने फैसला भएको छ । 

त्यस्तै दोषी ठहर भएका रामचन्द्र देवकोटालाई कैद ८ वर्ष जेल र बिगो तथा जरिवना गरी २ करोड ९५ लाख रुपैयाँ असुल गर्नुपर्ने आदेश छ । 

परामर्शदाता शिवकुमार शर्मालाई मतियार मान्दै २ करोड ९५ लाख रुपैयाँ बिगो निर्धारण गरेको छ । आठ वर्ष कैद तोकिए पनि ६५ वर्षभन्दा बढी उमेर भएका कारण ज्येष्ठ नागरिक ऐनअनुसार शर्माको २५ प्रतिशत कैद घटाएको छ । उनलाई ६ वर्ष मात्र कैद सजाय सुनाइएको छ । 

सोही मुद्दामा पूर्व सचिव भीम उपाध्यायसहित ११ जनाले सफाइसमेत पाएका छन् । 

यस्ताे छ फैसलाकाे पाठ

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३