काठमाडौँ । हिम पर्वत हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया शुरू गरेको छ । कम्पनीको गत ७ गते बसेको बैठकको निर्णयानुसार जेठ २७ गते आइपीओ निष्कासन प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको हो ।
साधारणसभा कम्पनीको मुख्य कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजेदेखि शुरू हुने छ । सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ । साथै, सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा पूँजी संरचनामा परिवर्तन एवं अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने प्रस्तावलाई पारित गर्ने छ ।
कम्पनीले सभामा संचालक समितिको संरचना परिवर्तन गर्ने सम्बन्धमा छलफल गर्ने र प्रबन्धक तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।