विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

अमरगढी । डडेल्धुराको भागेश्वर गाउँपालिकाअन्तर्गत लेकुडा गाउँका सयौँ परिवार वर्षौँदेखि विद्युत् सेवाको प्रतीक्षामा छन् । गाउँसम्म विद्युत्‌का खम्बा गाडिए पनि हालसम्म बत्ती नबलेको स्थानीयवासीले गुनासो गरेका छन् ।

स्थानीय डम्मरी जोशीका अनुसार चुनावका बेला पटक–पटक विद्युत् आपूर्तिको आश्वासन दिइए पनि कार्यान्वयन हुन सकेको छैन । 'खम्बा गाडिएको धेरै भयो, तर बिजुली आएन,' उनले भने, 'अहिले ती खम्बा कपडा सुकाउने र घाँस राख्ने थामो जस्तै बनेका छन् ।'

यस्तै, भागेश्वर गाउँपालिकाकै ओडाखानका भीमबहादुर बुढामगरले बिजुली नहुँदा विद्यार्थीको पढाइमा गम्भीर असर परेको बताए  । उनका अनुसार मोबाइल चार्ज गर्नसमेत समस्या हुने गरेको छ भने सोलार बत्ती पनि घाम लागेको दिन मात्र चल्ने भएकाले दैनिकी कष्टकर बनेको छ ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका अनुसार जिल्लाभर अझै १ हजार २१ घरधुरीमा विद्युत् पुगेको छैन । जिल्लाका ७ वटै स्थानीय तहमा केही न केही बस्ती अझै विद्युत् पहुँचबाहिर छन् ।

सदरमुकाम रहेको अमरगढी नगरपालिकाभित्रै ६० घरधुरी अन्धकारमा छन् भने परशुराम नगरपालिकाका ३०८ घरपरिवार बिजुलीविहीन छन् । बसौटी, सलोन, हल्दवारी, रजौडा, सिमलवण्ड, कुँडा लगायतका बस्तीमा अझै विद्युत् सेवा पुगेको छैन ।

त्यसैगरी, आलिताल गाउँपालिकामा १८९, भागेश्वर गाउँपालिकामा १४८, नवदुर्गा गाउँपालिकामा ८५, अजयमेरु गाउँपालिकामा १०० र गन्यापधुरा गाउँपालिकामा १३१ घरपरिवार अझै पनि विद्युत् सेवाबाट वञ्चित छन् ।

वितरण केन्द्रका प्रमुख कपिल जोशीका अनुसार जिल्लाभर ३१ हजार १७२ घरधुरीमध्ये ३० हजार १५१ घरपरिवारमा विद्युत् विस्तार भइसकेको छ । बाँकी घरधुरीमा पनि सबै नागरिकलाई विद्युत् पहुँचमा ल्याउने लक्ष्यअनुसार काम भइरहेको उनले बताए ।

तर, विद्युत् नपुगेका बस्तीका नागरिक भने अझै टुकी र सोलारकै भरमा दैनिकी चलाउन बाध्य छन् । जिल्ला सदरमुकाम आसपासदेखि ग्रामीण तथा दुर्गम क्षेत्रसम्म विद्युत् विस्तार हुन नसक्दा विकासको अनुभूति नपाएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३