काठमाडौँ । काठमाडौँ उपत्यकामा हुलास आल्मुनियमको नयाँ बिक्री शाखा खुलेको छ । औद्योगिक समूह दिवाकर गोल्छा अर्गनाइजेसन अन्तर्गतको हुलास आइरन इन्डस्ट्रिज लिमिटेडको आल्मुनियम शाखाले काठमाडौँको सतुङ्गल–१० मा आफ्नो नयाँ बिक्री शाखा विस्तार गरेको हो ।
अर्गनाइजेशनका निर्देशक हिमांशु गोल्छाले एक कार्यक्रमकाबीच सोमबार (घटस्थापनाको अवसरमा) उक्त बिक्री शाखाको शुभारम्भ गरेका हुन् । कम्पनीका अनुसार अब उपत्यकाका ग्राहक तथा व्यवसायीले आल्मुनियमका झ्याल, ढोका, फ्रेम, जस्तापातालगायतका सामग्री सही मूल्य र गुणस्तरमा सिधै शाखाबाट खरिद गर्न सक्ने जनाइएको छ ।
सन् १९९० मा स्थापना भई जस्ता पाता उत्पादनमा ख्याति कमाएको उक्त उद्योगले स्टिल तथा आल्मुनियमका विभिन्न सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।