काठमाडौँ । अज्ञात व्यक्तिहरूको समूहले ललितपुरको सिमलचौर झरुवारासीमा रहेको विद्युत् ट्रान्सफमर पड्काइदिएका छन् । चापागाउँ उप–वितरण केन्द्र अन्तर्गत पर्ने ३०० केभिएको ट्रान्सफर्मरमा जडित एमसिबी सर्ट गराई ट्रान्सफर्मर पड्काइदिएको केन्द्रले जनाएको छ ।
बिहीबार साँझ ६ बजेतिर उक्त अज्ञात व्यक्तिको समूहले गाउँको बीचमा रहेको ट्रान्सफर्मर पड्काएर घटना गराएको प्रत्यक्षदर्शी स्थानीयबासीलाई उदृत गर्दै केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार हाल प्रहरीले उक्त घटनामा संलग्नहरूको खोजी तथा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।