विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंक र नेपाल उद्याेग् परिसंघ–वूमन लिडरसिप फाेरमबीच ‘नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा’ विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । महिला उद्यमीहरुका लागि बुधबार गरिएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

ऊक्त कार्यक्रममा बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो । कार्यक्रमकाे सुरुवात गर्दै फोरमका संयाेजक छाया शर्माले नबिल बैंककाे दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुकाे प्रशंसा गर्नुकाे साथै यसले महिलाकाे सामाजिक रुपान्तरणमा याेगदान पुगाेस भन्ने कामना गरिन । साथै उनले वित्तिय पहुँच सगसँगै वित्तिय साक्षरतालाई पनि अगाडी बढाउन सुझाव दिए ।

दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताकाे विकास तथा वित्तिय पहुँचलाई गाउँ गाउँमा पुर्याएर त्यहा उद्यमीहरुकाे सिर्जना गरि दिगाे विकासमा टेवा पुर्याउने लक्ष्य लिएकाे नबिल बैंककाे प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

कार्यक्रममा बैंककाे दिगो बैंकिङ तथा यस अन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जाकाे बारेमा नबिल दिगाे बैंकिङका प्रबन्धक लिला प्रसाद अाेझा र साना तथा मझौला कर्जा अन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाकाे बारेमा साना तथा मझौला कर्जा/लघुवित्त विभाग प्रमुख निरज कुमार बस्नेत डनिलले प्रस्तुत तरेका थिए ।

बैंकले गत असार १५ गते धान दिवसकाे दिन नबिल दिगाे बैंकिङकाे सुरुवात गरेकाे हाे । सयूक्त राष्ट्र संघकाे दिगाे विकासकाे लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्गलाई लक्षित गरि दिगाे बैंकिङ कार्यक्रम सुरु गरेकाे बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३