विद्युत अपडेट

  • प्राधिकरण : ८१३९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४७८९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४६७२ मे.वा.घन्टा
  • आयात : १२१४६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४१७५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४४९२० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२६१ मे.वा.
२०८२ ब‌ैशाख १५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १३२ केभी बुटवल–लुम्बिनी प्रसारण लाइन ७५ प्रतिशत पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको हो ।

बुटवलदेखि लुम्बिनीसम्म पर्ने २० किलोमिटर लामो प्रसारण लाइनकाे ५६ वटा टावरको जग खन्ने काम पूरा भएको आयोजना प्रमुख हरी पाण्डेले बताए । उनका अनुसार २ वटा टावर ठड्याइसकिएको छ । दशैभित्र थप १२ वटा ठड्याइने छ ।  लाइनमा ५७ वटा टावर रहनेछन् ।

‘आयोजनाको काम गत असारमानै सम्पन्न गरी सञ्चालन गर्नुपर्ने थियो,’ उनले ऊर्जाखबरसँग भने,’ तर, ‘कोरोना (कोभिड–१९) महामारीका कारण लगाइएको निशेधाज्ञा अवधिमा उपकरण आयात हुन नसक्दा सञ्चालन हुने समयमा पनि प्रसारण लाइन पूरा हुन नसकेको हो ।’

अहिले निशेधाज्ञा खुकुलो भइसकेकाेले साथै उपकरण पनि आयात भइसकेकोले प्रसारण लाइन निर्माणको कामले गति लिने उनले बताए । उनका अनुसार अब, आगामी मंसिरभित्र लाइनको काम सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्य छ ।

प्रसारण लाइन अन्तर्गत निर्माण भइरहेको मैनहिया सबस्टेनको काम पनि अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा ट्रान्सफर्मर जडान गर्न मात्र बाँकी छ ।

प्रसारण लाइन निर्माणको जिम्मा चीनको टिबिइए साङदोङ लुनेङ ताइसान र नेपालको जोशी एण्ड मुडबरी कम्पनीले संयुक्त रूपमा गरिरहेका छन् । सबस्टेसन हाइटेनशन स्वीचगेयर कम्पनीले गरिरहेको छ ।

प्रसारण लाइन सम्पन्न गर्न १ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रसारण लाइन तयार भएपछि बुटवल लुम्बिनी क्षेत्रमा गुणस्तरीय विद्युत सेवा दिन सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार प्रसारण लाइन सञ्चालनमा आउँदा प्राविधिक चुहावट घट्नुकासाथै प्रसारण क्षमता पनि सुदृढ हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३