विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
तेस्राे लगानी सम्मेलनकाे तयारी

काठमाडौँ । आसन्न लगानी सम्मेलनलाई ध्यानमा राखेर सरकारले लगानीमैत्री नीति निर्माणमा सक्रियाता देखाएको छ । नेपालमा लगानीका लागि कतिपय कानुन बाधकको रुपमा देखिएको भन्दै लगानीकर्ताहरूबाट आलोचना हुँदै आएको सन्दर्भमा सरकारले त्यस्ता कानुनलाई सहज बनाउन प्रक्रिया अघि बढाएको हो । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एक दर्जन ऐन परिमाजर्न गर्ने गरी तयार गरिएको ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको हो । 

‘इमर्जिङ नेपाल’ नाराका साथ वैशाख १६ र १७ गते काठमाडौँमा तेस्रो लगानी सम्मेलन आयोजना गर्न लागिएको छ । 

कानुनी सुधारका लागि सिफारिस गर्न सचिव एकनारायण अर्यालको संयोजकत्वमा ‘मौजुदा नीतिगत, संरचनागत एवं प्रक्रियागत सुधारका लागि सुझाव कार्यदल’ गठन गरिएको थियो । कार्यदलले औद्योगिक व्यवसाय ऐन २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, विशेष आर्थिक क्षेत्र ऐन २०७३, वन ऐन २०७६, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, भूमि सम्बन्धी ऐन २०२१, जग्गा प्राप्ति ऐन २०३४, वातावरण संरक्षण ऐन २०७६, विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन २०६३ र  नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन २०५३ संशोधन गर्नु पर्ने राय पेश गरेको थियो ।

सरकारले हाल विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन २०६३ र  नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन २०५३ बाहेक अन्य ८ वटा ऐन संशोधन गर्ने निर्णय गरेको हो । 

त्यस्तै, उक्त कार्यदलले कार्यदलले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ तथा वन नियमावली २०७९ का विभिन्न प्रावधानहरूमा संशोधन गर्न प्रस्ताव गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३