विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका विभिन्न निर्देशनालयमा कार्यरत तीन उपकार्यकारी निर्देशकको सरुवा तथा जिम्मेवारी हेरफेर गरिएको छ । कार्यकारी निर्देशकस्तरीय शुक्रबार (माघ ७ गते) को निर्णयअनुसार सरुवा गरिएको हो ।

प्राधिकरणले एसियाली विकास बैंक (एडिबी) को लगानीमा परिचालित आयोजना हेर्ने ‘आयोजना व्यवस्थापन निर्देशनालय (पिएमडी)’को जिम्मेवारीमा उपकार्यकारी निर्देशक रामजी भण्डारीलाई तोकिएको छ । उनी यसअघि योजना अनुगमन तथा सूचना प्रणाली निर्देशनालयमा कार्यरत थिए ।

यसैगरी, पिएिमडीमा कार्यरत उपकार्यकारी निर्देशक मनोज सिलवाललाई इन्जिनियरिङ सेवा निर्देशनालयमा सरुवा गरिएको छ । यस्तै, इन्जिनियरिङका प्रमुख रविन्द्रप्रसाद चौधरीलाई योजना अनुगमन निर्देशनालयको जिम्मेवारी तोकिएको छ ।

प्राधिकरणले यसअघि प्रादेशिक कार्यालय प्रमुखहरूको सरुवा गरेको थियो । जसअनुसार प्रदेश १ को प्रदेशिक प्रमुख श्रीरामराज पाण्डेलाई बागमती प्रादेशिक र गण्डकी प्रादेशिकका टेकनाथ तिवारीलाई प्रदेश १ मा सरुवा गरिएको थियो । यस्तै, गण्डकी प्रदेशमा श्रीराम पोखरेललाई जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit