विद्युत अपडेट

  • प्राधिकरण : ८६४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४६५२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२००२ मे.वा.घन्टा
  • आयात : १५३ मे.वा.घन्टा
  • निर्यात : १७४०९ मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ६५५१७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८५१ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विश्वकप फुटबलको फाइनल खेल भइरहँदा देशैभर 'ब्ल्याक आउट' हुनेको कारणबारे प्राधिकरणले स्पष्ट पारेको छ । खेल भइरहँदा सोमबार १ः५४ बजे देशका अधिकांश भागमा विद्युत् सेवा अवद्ध भएको घटनाको कारणबारे जानकारी गराएकाे हाे ।

प्राधिकरणका अनुसार पथलैया–ढल्केवर १३२ केभी प्रसारण लाइनअन्तर्गत पथलैया निकुञ्ज क्षेत्रमा वर्षाका कारण रूख ढली विद्युत् प्रसारण प्रणालीमा अवरोध भएको थियो । यसका कारण प्रसारण सञ्जालको रिङमेन लाइन अवरुद्ध हुँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा केही समयका लागि विद्युत् आपूर्ति प्रभावित भएको थियो । 

विश्वकप फुटबलको फाइनल खेल जस्तो विशेष अवसरमा निरन्तर र भरपर्दो विद्युत् उपलब्ध गराउन उच्च सतर्कताका साथ सम्पूर्ण सबस्टेसन, नो–लाइट सेवा तथा प्राविधिक जनशक्तिलाई ‘हाइ अलर्ट’ मा राखिएको थियो । यद्यपि, निरन्तर वर्षाका कारण उत्पन्न उक्त अप्रत्याशित प्राकृतिक विपत्तिले प्रणालीमा अवरोध सिर्जना गरेको हो ।

‘घटनाको जानकारी प्राप्त हुनासाथ प्राधिकरणका प्राविधिक टोली तत्काल सक्रिय भई वैकल्पिक व्यवस्था मार्फत विद्युत् प्रणालीलाई यथाशीघ्र पुनः सुचारु गरिएको थियो,’ प्राधिकरणले भनेको छ, ‘यस अप्रत्याशित घटनाबाट खेलप्रेमी तथा उपभोक्ता वर्गमा पर्न गएको असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण हार्दिक क्षमायाचना गर्दछ ।’

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३