विद्युत अपडेट

  • प्राधिकरण : ८६३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५८७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८६९४ मे.वा.घन्टा
  • आयात : ३३०२ मे.वा.घन्टा
  • निर्यात : १४८७ मे.वा.घन्टा
  • ट्रिपिङ : १२१० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७१९ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १९०१ मे.वा.
२०८२ जेठ ५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बैतडी विद्युत केन्द्रले बैतडी क्षेत्रकाे विद्युत सेवा ४ दिनका लागि बन्द गरेको छ । वितरण केन्द्रले नयाँ सबस्टेसन जडान गर्नका लागि सेवा बन्द गरेको हो ।

आज  बिहान (साेमबार) ७ बजेदेखि सेवा बन्द गरेर नया सबस्टेसन जडान गर्न प्राविधिक कर्मचारीहरूले काम सुरु गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार विद्युत सेवा आगामी बिहीबार (९ गते) सम्म बन्द हुनेछ ।

अहिले सबस्टेसन पूरानो भएर बत्ती जाने, ट्रिपिङ हुने जस्ता समस्याहरु देखिएकोले नयाँ सबस्टेसन राख्न लागिएकाे हाे । आगामी दिनहरुमा यस्ता समस्या नदेखिनका लागि नयाँ सबस्टेसन जडान गर्न लागिएको केन्द्रले जानकारी दिएको छ । 

केन्द्रमा नयाँ सबस्टेसन जडान गर्न ४ दिन समय लाग्नेछ । तोकिएको समय अगावै काम सम्पन्न भए निर्धारित समय अगावै सेवा सुरु गरिने पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३