विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । सरकारले कृषियोग्य भूमिका सिँचाइका लागि उपयोग हुने विद्युतमा थप छुट दिने निर्णय गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संसदको दुवै सदनमा पेश गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।

कार्यक्रममा भनिएको छ– सिँचाइका निम्ति विद्युत आपूर्तिको सहज व्यवस्था मिलाई विद्युत महसुल छुट दिने नीति लिइनेछ । साना किसानहरुलाई सिँचाइका लागि निशुल्क वाटरपम्प तथा ट्युबवेल वितरण गरिनेछ ।

हाल नेपाल विद्युत प्राधिकरणले कृषि–सिँचाइका लागि विद्युत् महसुल प्रतियुनिट औसत २.२५ रुपैयाँ तोकेको छ तर राती कम माग हुने समयमा प्रतियुनिट २ रुपैयाँ मात्र छ ।

यसैगरी, तराईमा तत्काल सिँचाइ नपुग्ने सुख्खा क्षेत्रमा रिजभ्र्वायर बनाई बर्सात्को पानी जम्मा गरी सुख्खायाममा सिँचाइमा प्रयोग गर्न नमुना आयोजनाको सम्भावना अध्ययन गरिने कार्यक्रममा उल्लेख छ । साथै, कार्यक्रममा सिँचाइ तथा विद्युत उत्पादनका लागि ट्रान्स भ्याली नदी प्रवाह आयोजनाहरूलाई निरन्तरता दिने घोषणा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit