विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । हिमशीला पावर कम्पनी लिमिटेडले ४.५ मेगावाटको गशली खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । धादिङ जिल्लाको खनियाँबास गाँउपालिका हुँदै बग्ने गशली खोलामा पहिचान भएको आयोजनाको उत्पादन अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिइएको छ ।

विभागले आयोजनाको नाममा अनुमतिपत्र जारी गर्न अन्तिम चरणको काम गरिरहेको छ । विभागले आयोजना निर्माण गर्दा पर्न सक्ने उल्लेखनिय प्रतिकुल असरबारे सरोकारवालासँग राय/सुझाव मागेको छ । इच्छुक सरोकारवालाले सूचना जारी भएको ३५ दिनभित्र आफ्नो राय/सुझाव विभाग तथा कम्पनीको कार्यालय समक्ष पेस गर्नुपर्नेछ ।

प्रस्तावित आयोजनाको मूल संरचना गशली खोलाको दायाँ किनारमा रहने गरी डिजाइन तयार पारिएको छ । खोलामा बाँध बाँधी दायापट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई सुरुङ र पेनस्टक पाइप हुँदै विद्युत्गृहमा पुर्‍याइनेछ ।

आयोजनामा २२२५ मिटर लामो सुरुङ र १४३८ मिटर लामो पेनस्टक पाइप निर्माण हुनेछ । विद्युत्‌गृहमा २ वटा टवाईन जडान हुनेछ । आयोजनाको काम आगामी २०८४ बैशाख ३० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । 

आयोजनाबाट वार्षिक २६.४२ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजना निर्माण गर्दा भूक्षय, वायु प्रदुषण आदीद्वारा वातावारणीयमा उल्लेखनिय प्रतिकुल असर नपर्ने गरी काम गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit