काठमाडौँ । नेपालगञ्ज–नानपारा १३२ केभी अन्तरदेशीय लाइनका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको उक्त प्रसारण लाइन आयोजना निर्माणका लागि मार्गाधिकारमा पर्ने टावरहरू निर्माणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको हो ।
आयोजना अन्तर्गत बाँकेको जानकी गाउँपालिका–५ स्थित निर्माणाधीन १३२ केभीको सबस्टेसनदेखि खजुरा गाउँपालिका–३ र ४ हुँदै जानकी गाउँपालिका–६, ४, ३, २ र १ सम्म लाइन निर्माणका लागि जग्गा अधिग्रहण गरिने भएको हो ।
यसका लागि उक्त जग्गामा पर्ने घर, टहरा, पर्खाल, बालीनाली, रुख तथा अन्य संरचना समेत जे जस्तो यथा अवस्थामा अधिग्रहण गर्न जिल्ला प्रशासन कार्यालय सूचना जारी गरेको छ । कार्यालयका अनुसार सूचना प्रथम पटक प्रकाशित मितिले १५ दिनभित्र सम्बन्धित सरोकारवाला व्यक्तिले मुआब्जा दाबी गर्न आफ्नो हकदाबी सम्बन्धी सबुत निस्सा तथा प्रमाणसहित रितपूर्वक कार्यालयमा निवेदन दिन आह्वान गरेको छ ।
सूचना