विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
संविधान दिवसका अवसरमा नेपाललाई अमेरिकाकाे शुभकामना

वासिङ्टन । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ । 

अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गरेर  नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई आफ्नो देशले अधिक महत्व दिएको जनाएको छ । विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका तर्फबाट उक्त मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई नेपालको आर्थिक वृद्धिमा सघाउने अनुदान परियोजनाका रूपमा व्याख्या गर्दै, न्याय र प्रजातान्त्रिक मूल्यमान्यताको प्रवर्द्धनका साथै जनस्तरको सम्बन्ध विस्तार र आर्थिक वृद्धिका निम्ति भविष्यमा पनि निरन्तर सहकार्य गर्न अमेरिका प्रतिबद्ध रहेको जनाइएको छ । 

ऐतिहासिक सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक  हालै पारित भएकोलगायत लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन नेपालले धेरै उपलब्धि हासिल गरेको  महत्त्वपूर्ण क्षणमा अमेरिका पीडितहरूलाई न्याय दिलाउने दिशामा उक्त विधेयकको सफल कार्यान्वयनको प्रतीक्षा गरिरहेको वक्तव्यमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३