विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । सफा टेम्पुका आविष्कारक, इन्जिनियर तथा जलविद्युत उद्यमी विजयमान शेरचन ‘लाइफटाइम एचिपमेन्ट’ अवार्डबाट सम्मानित भएका छन् । नेपाल इन्जिनियरिङ एसोसियशन (एनइए) ले मंगलबार आयोजना गरेको ६० औ इन्जिनियरीङ दिवशको कार्यक्रमको अवसरमा शेरचन सम्मानित भएका हुन् ।

जलविद्युत तथा यातायातका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकोले शेरचनलाई कदर स्वरुप यो अवार्डबाट सम्मान गरिएको हो । शेरचन जलविद्युत आयोजना र सवारी प्रवर्द्धनमा सक्रिय छन् । उनले निर्माण गरेकाे ४.३६ मेगावाटको टुंगुन ठोस्ने, २ मेगावाटको खानी खोला जलविद्युत आयोजना सञ्चालनमा छन् । १४.९ मेगावाटको माया खोलाको काम भने अन्तिम चरणमा पुगेको छ ।

संखुवासभामा निर्माण भइरहेको आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । शेरचन सफा टेम्पोका प्रवर्द्धक हुन् । उनले नेपालमा पहिलोपटक ३ पाङग्रे सफा टेम्पो भित्र्याएका थिए । उनले डिजेल टेम्पो प्रतिस्थापन गर्न १९७८ तिर सफा टेम्पु ल्याएका थिए । नाकाबन्दीको समयमा डिजेल गाडी बन्द हुँदा सफा टेम्पोले नै सर्वसाधारणलाई सेवा दिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit