विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका भएर बग्ने बरुण नदीमा कुनै जलविद्युत आयोजना पनि विकास गर्न नहुने गाउँपालिकाको निर्णयलाई ४ स्थानीय राजनीतिक दलहरूले समेत समर्थन जनाएका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले, नेकपा माओवादी, एकिकृत समाजवादी पार्टी भोटखोला गाउँ समितिले पालिकाको निर्णयमा ऐकेबद्धता जनाएका हुन् ।

धार्मिक र सांस्कृतिक महत्व बोकेको तथा स्थानीयवासीको ठूलो आस्थाको केन्द्र रहेकोले अन्य प्रयोजनका लागि नदीको पानी प्रयोग नगर्न पालिकाले दिएको निर्देशनप्रति समर्थन जनाउँदै राजनीतिक दलहरूले समेत उक्त नदीमा भइरहेको जलविद्युत विकासका काम रोक्न निर्देशन दिएका छन् ।

हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहर मानिएको नदिमा एम्पिक इनर्जी प्रालिले १३२ मेगावाटको तल्लो बरुणको निर्माण प्रक्रिया अघि बढाएकोले यसको काम तत्काल रोक्न निर्देशन दिएका छन् । यसैगरी, बरुण नदीमा हाइड्रो सम्बन्धि भइरहेको गतिविधिहरूमा रोक लगाई कुनै आयोजनालाई पनि विद्युत उत्पादन अनुमतिपत्र प्रदान नगरिदिन आग्रह गरेका छन् ।

कम्पनीले तल्लो बरुणको अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले पनि कम्पनीको नाममा अनुमति जारी गर्ने तयारी गरिरहेकोले स्थानीय बुद्धिजिवी, राजनैतिक दलका प्रतिनिधिहरू र धार्मिक आस्था राख्ने हिन्दु तथा बौद्धधर्मालम्बीहरू अनुमति नदिन आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका पार्टी प्रतिनिधि नुर्पु छिरिङ भोटे, नेकपा एमालेका अध्यक्ष चेक्टुक भोटे, नेकपा माओवादीका अध्यक्ष सोनाम शिवो भोटे र एकिकृत समाजवादीको अध्यक्ष छेरुक मुनाङ भोट, सल्लाहाकार संयोजक सुवास भोटे, सदस्य उत्तरकुमार राईले कानूनी प्रक्रिया पुर्याइ काम रोक्न आग्रह गरेका छन् । 

पालिकाले पनि बरुण नदीमा हाइड्रो सम्बन्धि भइरहेको गतिविधिहरूमा रोक लगाई कुनै आयोजनालाई पनि विद्युत उत्पादन अनुमतिपत्र प्रदान नगरिदिन ऊर्जा, जलस्रोत तथा मन्त्रालयलाई आग्रह गरेको छ ।

याे पनि पढ्नुहाेस्

बरुण नदीमा कुनै जलविद्युत आयोजना पनि नबनाउन भोटखोला गाउँपालिकाको निर्देशन

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३