विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत महसुलकाउन्टर खुल्ला गरेको छ । करिब डेढ महिनादेखि बन्द रहेको विद्युत महसुल संकलन शुक्रबार (आज) बाट सुचारु गरिएको हो ।

कोरोना (कोभिड–१९) संक्रमणको जोखिम उच्च भएपछि बन्द भएको काउन्टर सुचारु गर्ने निर्णय भएको वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए । ‘आज बिहान ८ बजेदेखि १२ बजेसम्म काउन्टर खुल्ला गरिएको थियो’ उनले ऊर्जाखबरसँग भने, ‘केही औद्योगिक ग्राहक आएर महसुल पनि बुझाए ।’

आइतबारदेखि बिहीबारसम्म दैनिक ८ बजेदेखि २ बजेसम्म काउन्टर खुल्ला रहने पनि सिहंले बताए । शुक्रबार भने ८ बजेदेखि १२ बजेसम्म मात्र खुल्ला रहनेछ ।

केन्द्रले मिटर रिडिङ कार्य पनि गत १ गतेदेखि सुचारु गरेको छ । करिब १ महिनादेखि बन्द रहेको मिटर रिडिङ तथा नयाँ मिटर जडान कार्य मंगलबारबाट सुचारु गरिएको हो । लामो समय मिटर रिडिङ नहुँदा ग्राहकले विद्युत महसुल तिर्न नसकेकोले स्वास्थ्य सावधानीका उपायको पालना गर्दै मिटर रिडिङ कार्य पनि सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३