विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एनएमबी बैंकको साढे ३ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । आफ्नो लगानीलाई नवीकरणीय ऊर्जा क्षेत्रमा लक्षित गर्दै आएको बैंकले यसलाई अझ व्यापकरूपमा प्रवर्द्धन गर्न गत बैशाख २१ गतेदेखि निष्कासन गरेको १५ वर्षे ‘ऊर्जा ऋणपत्र’ मा आवेदन दिने समय आज साँझ ५ बजेबाट सकिन लागेको हो ।

ऊर्जा विकासको सरकारी लक्ष्य हासिल गर्न सहयोगी हुने उदेश्यअनुसार बैंककले एक हजार रुपैयाँ अंकित ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र जारी गरेको छ ।

ऊर्जा ऋणपत्र जारी भई संकलन भएको रकम ऊर्जा विकासमा लगानी गरिनेछ । ऊर्जा क्षेत्रमा लगानीको अनुभव हासिल गरेका वाणिज्य बैंकले ऊर्जा ऋणपत्र जारी गर्ने व्यवस्था अनुसार बैंकले ऋणपत्र जारी गरेको छ ।

कूल जारी ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात २१ लाख कित्ता बैंक आफैले अन्य संघ संस्थालाई बिक्री गर्नेछ । बाँकी १४ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी रहेको १३ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको छ ।

ऋणपत्रमा लगानीकर्ताहरूले वार्षिक ४ प्रतिशत व्याजदर प्राप्त गर्नेछन् । इच्छुक लगानीकर्ता वा ऋणपत्र लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १४ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

बैंकले हालसम्म ४२ वटा जलविद्युत आयोजनामा लगानी सम्झौता गरिसकेको छ । सम्झौता गरी केही रकम कर्जा प्रवाह गरिसकेको छ भने बाँकी रकम प्रवाह गर्ने प्रक्रियामा रहेको बैंकले जनाएको छ । साथै, थप ५ आयोजनामा कर्जा लगानी गर्न सम्झौताको प्रक्रियामा रहेको छ । जलविद्युत सँगै २६ वटा नविकरणीय ऊर्जामा समेत लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit