काठमाडौँ । नबिल बैंक लिमिटेडले ज्ञानेन्द्रप्रसाद ढुङ्गानालाई पुनः दाेस्राे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त गरेको छ । जेठ २ गते बसेका बैंक सञ्चालक समितिको बैठकले आगामी असार १७ गतेदेखि लागू हुने गरी थप दुई वर्षका लागि उक्त पदमा नियुक्त गरेकाे हाे ।
ढुङ्गाना नबिल बैंकको जिम्मेवारीमा आउनुपूर्व नेपाल बङ्गलादेश बैंककाे सिइओकै भूमिकामा थिए । बंगलादेश बैंकमा १० वर्षसम्म नेतृत्व गरेका ढुङ्गानासँग २७ वर्षभन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव छ । देशको अर्थतन्त्र तथा बैंकिङ क्षेत्रकाे विज्ञता तथा अनुभवसमेत हासिल गरेका उनी देशको अर्थतन्त्रको आवश्यकता बमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्वको क्षमता राख्ने सिइओको रूपमा परिचित छन् ।