विद्युत अपडेट

  • प्राधिकरण : ८५०३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४७७४ मे.वा.घन्टा
  • आयात : ६६३७ मे.वा.घन्टा
  • निर्यात : ०० मे.वा.घन्टा
  • ट्रिपिङ : ५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३६२८ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६२७ मे.वा.
२०८० जेठ १४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर ऊर्जा दक्षता

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत कम्पनीको सेयर भर्ने आज अन्तिम दिन हो । सिन्धुपाल्चेकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको स्थानीयबासीका लागि निष्कासन तथा बिक्री खुल्ला गरिएको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेकोे हो ।

कम्पनीले आयोजना प्रभावितबाहेक स्थानीयबासीका लागि छुट्ट्याएको ६० लाख कित्ता सेयर गत बैशाख २१ गते निष्कासन गरेको थियो । तर, विविध कारणले २४ गते बिक्री बन्द गरिएको थियो । कोरोना महामारी तथा अन्य प्राविधिक समस्याका कारण बन्द भई गत साउन ५ गतेदेखि खुल्ला गरिएको सेयर आवेदन अवधि सकिन लागेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र भोटेकोसी गाउँपलिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबीसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) का बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक जिल्लाका अन्य क्षेत्रमा स्थायीबासीका  लागि उक्त सेयर छुट्ट्याइएको हो ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । निष्कासनका लागि सिन्धुपाल्चोकमा ३६ वटा र काठमाडौंमा ७ वटा संकलन केन्द्र तोकिएको छ । उक्त स्थानहरूबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने पनि कम्पनीले जनाएको छ ।

साथै, नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूमार्फत पनि आवेदन बुझाउन सकिनेछ । यसका अलावा इसेवा, अइएमइ पेके अनलाइन पेमेन्ट गेट वे एवं निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटबाट अनलाइन आवेदन दिने सकिने व्यवस्थासमेत गरिएको छ ।

कम्पनीले प्रथम चरणको सार्वजनिक निष्कासनअन्तर्गत कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारीहरू, सेयरधनी संस्थापक संस्थाका कर्मचारीहरू एवं ऋणदाता संस्था सञ्चय कोषका कर्मचारीहरूलाई आर्थिक वर्ष २०७५÷०७६ मा निष्कासन गरी २०७५ पुस ४ गते बाँडफाँड गरेको थियो ।

कम्पनीका अनुसार द्वितीय चरणको स्थानीय बासिन्दातर्फको सार्वजनिक निष्कासनअन्तर्गत गत बैशाख २१ गतेदेखि २३ गतेसम्म गरी तीन दिन सिन्धुपाल्चोकका आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने बासिन्दा एवं प्रभावित क्षेत्रबाहेकका बासिन्दाहरूले आवेदन दिइसकेको भए यस पटक पुनः आवेदन दिनुपर्दैन ।
 

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit