विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी लिमिटेडले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत बिक्री गरी ७ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ असारसम्मको अवधिमा सो आम्दानी गरेको हो ।

२०७८ भदौदेखि व्यापारीक उत्पादन सुरु गरेको आयोजनाबाट ११ महिनाको अवधिमा ७ अर्ब १७ करोड ३५ लाख ८७ हजार ९ सय १८ रुपैयाँ बराबरको विद्युत बिक्री गरेको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन सुरु गरेपनि कम्पनी भनै अझै घाटामा देखिएको छ ।

असारसम्मको अवधिमा १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष यो अवधिमा ५ करोड ३५ लाख ३ हजार रुपैयाँ घाटामा थियो । आयोजनाबाट उत्पादन सुरु गरेपश्चात कम्पनीको घाटा बढेको वित्तिय विवरणमा देखिएको छ ।

दोलखाको तामाकोसी नदीमा निर्माण भएको आयोजनाले गत  भदौबाट व्यापारिक विद्युत उत्पादन गरिरहेको छ । गत असार २१ गते पहिलो युनिट सञ्चालनमा आएको थियो ।  दोस्रो युनिटअसार २९ गते प्रणालीमा जोडिएको थियो । बाँकी, ३ सय ४ मेगावाट विद्युत साउन महिनामा जोडिएको हो ।

आयोजनाको विद्युत गोंगरस्थित विद्युतगृहदेखि ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसन पुर्याइएको छ । त्यहाँबाट खिम्ती–ढल्केबर प्रसारण लाइनबाट ढल्केबरस्थित ४००/२२० केभी सबस्टेसनमा पुर्याएको छ ।

देशकै ठूला यस आयोजनाको परिक्षण उत्पादन सफल भएपछि गत भदौ २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । यो स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको अहिलेसम्मकै ठूलो जलविद्युत आयोजना हो ।

आयोजनाले सबैभन्दा सुख्खा समयमा दैनिक ४ घन्टा पूर्ण क्षमता (४५६ मेगावाट) उत्पादन गर्नेछ । रोल्वालिङ खोलाको पानी मिसाएर उत्पादन बढाउने योजना पनि कार्यान्वयन भइरहेको छ । यो आयोजनाबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit