विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काडमाडौं । नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा जारी गरेको छ ।

बैंकले फोहोरमैला व्यवस्थापनसंग सम्बन्धित व्यवसाय, पर्यावरणमैत्री व्यवसाय तथा वनबिनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायको वित्तिय आवश्कता पुरा गर्न आकर्षक सुविधा तथा ब्याजदर सहित नयाँ कर्जा योजना ल्याएको हो । बैंकका अनुसार यस कार्ययोजना अन्तर्गत साविकको भन्दा (०.५) कममा कर्जा उपलब्ध गराउनेछ । 

पर्यावरणमैत्री व्यवसायीहरुको व्यवसाय बढाउन अथाव मद्दत गर्न क्षमता अभिवृद्धि कार्यक्रम र व्यवसाय विकास तथा परामर्श सुबिधा प्रदान गरि व्यवसायी माझ वित्तिय पहुचमा जोड दिनेछ । साथै, आफ्ना ग्राहक वर्ग सम्म व्यवसायको उत्पादन र सेवा वितरणलाई सहज बनाउने उदेश्यले ‘सहकार्य योजनामा’ आबद्ध गराउनेछ ।

“नबिल पर्यावरणमैत्री व्यवसाय कर्जायोजना हाम्रो दिगो बैंकिंग अन्तर्गतको विभिन्न प्रयासहरु मध्यको एक हो, जस अनुरूप फोहोरमैला व्यवस्थापन, सामाजिक र वातावरणीय मूल्य मान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरण मैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तिय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,” बैंकका  एसमइ र एमएफ विभागका प्रमुख निरज कुमार बस्नेत बताए ।

उनका अनुसार बैंकले यस कर्जा योजना अन्तर्गतका ऋणीहरुलाई एक सफल व्यापार उद्यमको रूपमा विकाष गर्न ऋणीहरुलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरुमा समावेश गर्नेछ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको छ । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit