काठमाडौं । सयपत्री हाइड्रो पावर लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला गरेको हो ।
सय रुपैयाँ अंकित ३ करोड रुपैयाँ बराबरको ३ लाख रुपैयाँ कित्ता साधारण सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र बाग्लुङ जिल्लाकाे ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका बासिन्दाका लागि सेयर निष्कासन गरिएकाे छ ।
स्थानीयले छिटोमा असार १६ गतेसम्म र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन पाउनेछन् । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिएका छ । कम्पनीले बाग्लुङ जिल्लाको धरम खोलामा रहेको २.५ मेगावाटको धरम खोला–ए जलविद्युत केन्द्रले २०७३ असार १२ गतेबाट निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।