विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत् लगायत ऊर्जा आयोजनाको लागि छुट्टै 'ऊर्जा सुरक्षा नीति' बनाउन माग गरेको छ ।

बुधबार गृह मन्त्रालयमा भएको भेटमा इपान अध्यक्ष गणेश कार्कीले ऊर्जासँग सम्बन्धित आयोजनामा धेरै खालका सुरक्षा जोखिम रहेको भन्दै यसको समाधानको लागि उक्त नीति बनाएर लागू गर्न माग गरेका हुन् ।

कार्कीले प्रसारण लाइन निर्माणको अवरोधले जलविद्युत् आयोजनाहरू प्रतक्षरूपमा प्रभावित भइरहेको भन्दै यसमा हुने अवरोध अन्त्य गर्न पनि गृह मन्त्रीसँग आग्रह गरे । भेटमा लामिछानेले ऊर्जा सुरक्षा नीति बनाएर ऊर्जा व्यवसायीलाई सुरक्षा दिने विषयमा आफू प्रतिबद्ध रहेको बताए ।

मन्त्री लामिछानेले ऊर्जा आयोजना निर्माण गर्दा जग्गा प्राप्ति र अधिग्रहणमा गृहको साथ चाहिएमा मन्त्रालयले सधैँ सहयोग गर्ने पनि बनाए । उनले ऊर्जा व्यवसायीमाथि चन्दा आतंक भएमा खुलेर भन्न आग्रह गरेका छन् । मन्त्रालयमा भएको भेटमा अध्यक्ष कार्की सहित उपाध्यक्ष रामप्रसाद आचार्य र महासचिव बलराम खतिवडा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३