विद्युत अपडेट

  • प्राधिकरण : ६६७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ७०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २१२४१ मे.वा.घन्टा
  • आयात : ६६१५ मे.वा.घन्टा
  • निर्यात : २२३५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४१६०८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०७१ मे.वा.
२०८३ ब‌ैशाख ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अस्ट्रियाको प्रविधि कम्पनी एन्ड्रिज हाइड्रो प्रालिले भारतको महाराष्ट्रमा निर्माण हुन लागेको सबैभन्दा ठूलो साइदोङ–१ कार्जात पम्प जलाशय आयोजनामा इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्तिको जिम्मेवारी पाएको छ । टोरेन्ट पावरले प्रवर्द्धन गर्न लागेको ३,००० मेगावाटको उक्त आयोजनाका लागि एन्ड्रिजले १० वटा रिभर्सिबल पम्प टर्बाइन, मोटर जेनेरेटर र अन्य इलेक्ट्रो–मेकानिकल उपकरणहरूको डिजाइन, उत्पादन र जडान गर्ने ठेक्का पाएको हो ।

एन्ड्रिजले भारतमा रहेका आफ्ना अत्याधुनिक कारखानाहरू मार्फत स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्दै यो आयोजना सम्पन्न गर्ने जानकारी दिएको छ । करिब ३० करोड युरोको यो सम्झौताले भारतको नवीकरणीय ऊर्जा क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

टोरेन्ट इनर्जी स्टोरेज सोलुसन्सका अनुसार आयोजनाबाट वार्षिक ६,२४१ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । यसबाट कार्बन उत्सर्जनमा ४० लाख ५५ हजार टन कटौती गर्ने प्रक्षेपण गरिएको छ । आयोजनाबाट प्राप्त हुने बिजुलीले वार्षिक करिब १० लाख कारहरू सडकबाट विस्थापित गरे बराबरको कार्बन उत्सर्जन कटौती हुने बताइएको छ । साथै, भारतको स्वच्छ ऊर्जा रूपान्तरण र ऊर्जा सुरक्षा अभिवृद्धिमा समेत कोसेढुङ्‌गा सावित हुने बताइएको छ ।

आयोजनाबाट सौर्य र वायु ऊर्जा जस्ता अनिश्चित स्रोतहरूबाट प्राप्त हुने बिजुली भण्डारण गरी ग्रिडमा स्थिरता कायम गर्न आयोजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

एन्ड्रिजले हाल भारतमा कुल ११.४ गिगावाट क्षमताका ७ वटा विभिन्न पम्प जलाशय आयोजनामा काम गरिरहेको जनाएको छ । एन्ड्रिजसँगको सहकार्यमा भारतले बढ्दो ऊर्जा मागलाई किफायती र भरपर्दो विकल्पमार्फत सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३