विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ऊर्जा क्षेत्रमा लगानी गर्न ५ अर्ब रुपैयाँ बराबरको ‘ऊर्जा ऋणपत्र’ जारी गरेको छ । बैंकले ७ वर्षका लागि बिहीबार (मंसिर २९ गते) देखि ऋणपत्र जारी गरेको हो ।

५ अर्ब रुपैयाँ बराबरको ५ लाख कित्ता ऊर्जा ऋणपत्र जारी गरेको बैंकले जनाएको छ । र्बैकका अनुसार ३ लाख कित्ता निजी तबरबाट बिक्री हुनेछ भने २ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको छ ।

इच्छुकले न्यूनत्तम २५ देखि अधिकत्तम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदकले छिटोमा पुस ४ गतेसम्म र ढिलोमा १४ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ७ प्रतिशत ब्यान प्रदान गर्नेछ । ऋणपत्र निष्कासनको लागि एनआइबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

नेपाल राष्ट्र बैंककले आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा मार्फत पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको थियो । सोही अनुसार बैंकले ऊर्जा ऋणपत्र निष्कासन गरेको हो । 

बैंकले ऊर्जा, सहरी विकास, यातायात लगायत पूर्वाधार परियोजनामा लगानी गर्दै आएको छ । बैंकले स्थापनाको छाटो अवधिमा २२ वटा पूर्वाधार परियोजनामा करिब २७.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।                                                                      

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३