विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशमा आयातित पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय उपकरणको उपयोग बढाउने नीति सरकारले लिएको बताएकी छन् । उनले आयातित पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन, कलकारखाना एवं उपकरण भन्दा विद्युतीय सवारी साधन तथा विद्युतबाट चल्ने कलकारखाना एवं उपकरणको प्रयोग बढाउन उपभोक्तालाई प्रोत्साहन गरिने बताएकी हुन् ।

सामूदायिक रेडियो प्रसारक संघ (एको¥याब) ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भुसालले नेपालले कार्बन उत्सर्जन न्युनिकरणका लागि प्रतिबद्धताको समयावधि अगाडि लक्ष्य भेट्टाउन अहिलेदेखि नै पेट्रोलियम पदार्थको प्रतिस्थापनका लागि नीतिगत व्यवस्था गरेर जान लागेको बताइन् । 

‘विशेषज्ञ र सरोकारवाबाट अध्ययन गराएर कार्यायोजना बनाउँछु’,उनले भनिन्, ‘विद्युत खपत बढाउने गरीको कार्ययोजनाले विद्युतीय सवारी खरिदलाई प्रोत्साहन गर्नछ । पेट्रोलियम खपतबाट चल्ने सवारीको धुवाँबाट पर्यावरणमा पर्ने असर न्युनिकरण गर्न हामी सबैले विद्युतीय सवारी नै खरिद गरौं ।’

स्वदेशी विद्युत खपतले पेट्रोलियम खरिद गर्दा विदेशिने अरबौं रुपैयाँ जोगाएर व्यापार घाटा कम गर्न सकिने उनले बताइन् । उनले आन्तरिकरूपमा बढ्ने विद्युत खपतले अर्थतन्त्रमा सुधार हुनुका साथै कार्वन उत्सर्जन घटाउन पनि मद्दत पुग्ने बताइन् ।

जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि पनि सबै नेपालीले  विद्युतीय सवारी तथा उपकरणको प्रयोग गर्ने बानी बसाल्नु पर्नेमा उनले जोड दिइन् । ‘हिमालको हिउँ पग्लिरहेको छ । यसले हिउँपोखरी फुट्ने जोखिम बढाएको छ । यस्तो जोखिम कम गर्न हामीले हाम्रो आचरणमा सुधार गर्नुपर्छ’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३