विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इष्टर्न हाइड्रो पावर लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीको भोजपुरमा निर्माण सम्पन्न ५ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन भएको हो ।

कम्पनीले स्थानीयका लागि निष्कासन गरी बिक्री नभई बाँकी रहेको ५० हजार ३ सय १० कित्ता सेयर ६ लाख २० हजार कित्तामा थप गरी ६ लाख ७० हजार ३ सय १० कित्ता सेयर निष्कासन गरेको छ ।

सय रुपैयाँ अंकित ६ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिएकोमा रितपुर्वक आवेदन दिने आवेदकहरूलाई ५ लाख ६५ हजार ६ सय ९० कित्ता सेयर बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

अहिले निष्कासन भएकाे सेयरमध्ये ५ प्रतिशत अर्थात ३३ हजार ५ सय १५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको र २ प्रतिशत हुन आउने अर्थात १३ हजार ४ सय ६ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको र बाँकी ६ लाख २३ हजार ३ सय ८९ कित्ता सेयर सर्वसाधारका लागि निष्कासन गरिएको छ ।

सर्वसाधारणले छिटोमा कात्तिक १ गतेसम्म र ढिलोमा कात्तिक १४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकत्तम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । आयोजनाको प्रतिमेगावाट लागत २६ करोड ११ लाख ७४ हजार ६  सय ९८ रुपैयाँ र आयोजनाको कुल लागत १ अर्ब ३० करोड ५८ लाख ७३ हजार ४ सय ५४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit