विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अपि पावर कम्पनीले गत आर्थिक वर्ष (आव २०८०/८१ मा) विद्युत् बिक्रीबाट १ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७९.५८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष (२०७९/८०) कम्पनीले विद्युत् बेचेर ३३ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको विद्युत् बिक्रीबापत हुने आम्दानी बढेको हो । 

खास गरी कम्पनीले दार्चुला जिल्लामा निर्माण गरेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् केन्द्रले व्यावसायिक रूपमा विद्युत् उत्पादन शुरू गरेपनि कम्पनीको आम्दानीमा उच्च वृद्धि देखिएको हो । उक्त आयोजना २०८० साउन २८ गतेबाद सञ्चालमा आएको थियो । 

कम्पनीको विद्युत् उत्पादन परिमाण र बिक्री बढेसँगै समीक्षा अवधिमा कम्पनीको खुद नाफा समेत ९३२.११ प्रतिशत (१०.३२ गुणा) बढेर ४५ करोड ६५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ४ करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा २११.६० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९९.२४ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको वित्तीय खर्च १३७.३३ प्रतिशत बढेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८२ पैसाबाट बढेर ७ रुपैयाँ ८९ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.२१ गुणा रहेको छ ।

कम्पनीकाे चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३