विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २९, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ४०० केभी नेपाल–भारत सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न गरेको छ । न्यू बुटवल सबस्टेसनलाई भारतीय भूमिकाे सबस्टेशनसँग उक्त लाइनले जाेड्ने गरी उक्त लाइन निर्माण गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोधअनुसार एमसिए–नेपालले प्रसारण लाइनको उक्त खण्ड निर्माणलाई तीव्रता दिँदै निर्धारित समयसीमाभित्रै काम पूरा गरेको जनाएको छ । एमसिए–नेपालका अनुसार निर्माण सम्पन्न भएपछि नेपाल–भारतबीच विद्युत् प्रसारण सञ्जाल विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा थप प्रगति भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित न्यू बुटवल सबस्टेसनमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले नेपाल, अमेरिका र एमसिसीबीचको सहकार्यबाट ऊर्जा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले नेपालले विद्युत् उत्पादन तथा प्रसारण क्षमता विस्तार गर्दै लगेको र सीमापार विद्युत् सम्पर्क त्यसको अभिन्न हिस्सा भएको बताए । निर्धारित कार्यतालिकाअनुसार निर्माण सम्पन्न गर्न एमसिए–नेपालले गरेको प्रयास सराहनीय रहेको उनको भनाइ थियो ।

नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले नेपाल सरकारको अनुरोधअनुसार समयमै निर्माण सम्पन्न गरेकोमा खुसी व्यक्त गरे । उनले प्रसारण लाइन सञ्चालनमा आएपछि नेपाल र भारतबीचको विद्युत् आदानप्रदान तथा ऊर्जा सहकार्य थप विस्तार हुने बताए ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले छोटो समयसीमाभित्र निर्माण सम्पन्न गर्न आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी र साझेदारलाई एकीकृत गरी काम अघि बढाइएको बताए । अब प्रसारण लाइन सञ्चालनका लागि आवश्यक परीक्षण, स्वीकृति तथा नेपाल–भारत सीमापार विद्युत् प्रवाहसम्बन्धी बाँकी काम अघि बढाइने उनले जानकारी दिए ।

कार्यक्रममा एमसिसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले प्रसारण लाइन निर्माणमा सहयोग गर्ने नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण, एमसिए–नेपाल, निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरकार तथा समुदायप्रति आभार व्यक्त गरिन् । उनले साझा लक्ष्यका लागि सहकार्य गर्दा महत्वपूर्ण पूर्वाधार निर्माण सम्भव हुने बताइन् ।

नेपालतर्फको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएसँगै सीमापार प्रसारण लाइनअन्तर्गत एमसिए–नेपालले गर्नुपर्ने निर्माणसम्बन्धी काम पूरा भएको छ । अब लाइनमा विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याउन आवश्यक परीक्षण, स्वीकृति र अन्य प्राविधिक प्रक्रिया अघि बढाइनेछ ।

एमसिए–नेपालको विद्युत् प्रसारण आयोजनाअन्तर्गत ३१५ किलोमिटर उच्च भोल्टेज प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माण हुँदैछन् । साथै, विद्युत् नियमन आयोग र नेपाल विद्युत् प्राधिकरणलाई प्राविधिक सहयोगसमेत प्रदान गरिँदैछ । नेपालको विद्युत् आपूर्ति तथा प्रसारण प्रणालीलाई विश्वसनीय बनाउँदै ऊर्जा सुरक्षा, विद्युत् उत्पादन र सीमापार विद्युत् व्यापार विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना कार्यान्वयन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३