काठमाडौं । इष्टर्न हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि गत भदौ ७ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको सेयर आवेदन आवधि आज (मंगलबार) साँझ ५ बजेबाट सकिन लागको हो ।
सय रुपैयाँ अंकित ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाको सम्र्पूण स्थानीयका लागि निष्कासन गरिएको हो ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधित्तम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीले भोजपुरमा निर्माण सम्पन्न ५ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजनाले २०७६ जेठ २७ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।