images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी ऊर्जा व्यवसायीहरूको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को नयाँ कार्यसमिति चयन गर्न अध्यक्षका प्रत्यासी द्वय किरण मल्ल र गणेश कार्कीले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष र महासचिवमा २-२ जनासहित ३८ जनाको उम्मेदवारी दर्ता भएको इपानले जानकारी दिएको छ । यसपालीको निर्वाचनमा आकर्षक पद मानिएको वरिष्ठ उपाध्यक्षमा क्रमशः सूर्यप्रसाद अधिकारी र मोहनकुमार डाँगी तथा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ ।

५ जना उपाध्यक्षका लागि ७ जना व्यवसायीले उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्षमा उम्मेदवारी दिनेहरूमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, वीरेन्द्र मल्ल र दीपेन्द्रबहादुर बम रहेका छन् । 

उप-महासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेदवारी दर्ता भएको छ । ५ जना सचिवको लागि ६ जना, भरत नेपाल, भरतबहादुर खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिमप्रसाद पाठक र नारायण कँडेलले उम्मेदवारी दिएका छन् ।

विधानअनुसार १० जना सदस्यहरूका लागि १७ जनाको उम्मेदवारी परेको छ । सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणि नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकासकुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।

३ जना महिला सदस्यमा सुसन कर्माचार्य, सुमन जोशी र ईशा श्रेष्ठलाई निर्विरोध चयन गरिएको जनाइएको छ । इपानको २१औं साधाणसभा तथा कार्यसमितिको चयनको निर्वाचन यहि जेठ ३२ गतेका लागि तय गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit