काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.०९ अंकले घटेको छ । साताको दोस्रो दिन (सोमबार) सेयर कारोबार बन्द हुँदा नेप्से घटेर २०३२.०७ विन्दुमा पुगोको छ ।
साेमबार सेयर कारोबार बन्द हुँदा सेयर ०.७९ प्रतिशतले घटेको छ । नेप्से घट्दा २३० कम्पनीको ९२ लाख २० हजार ७ सय ५ कित्ता सेयर २० हजार ७ सय ७४ पटक किनबेच भएको छ । सेयर खरिद बिक्री हुँदा ९९ करोड ८६ लाख ७४ हजार २ सय २६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार सेयर बजार सबै समूहको परिसूचक घटेको छ । यस्तै, जलविद्युत समूहको ६.८८ अंकले घट्दा २४०२.९१ विन्दुमा पुगेको छ । यो समूहको ६ लाख ५७ हजार ३ सय ५४ कित्ता सेयर ५ हजार ७७ पटक किनबेच हुँदा २१ करोड ८९ लाख ६ हजार ५ सय ३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।