विद्युत अपडेट

  • प्राधिकरण : ८७२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८३१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६२२२ मे.वा.घन्टा
  • आयात : १९५६ मे.वा.घन्टा
  • निर्यात : ६९५० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५२२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११४ मे.वा.
२०८३ ब‌ैशाख ३०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सञ्चालक नियुक्त गरेका छन् । आगामी चार वर्षका लागि नियुक्त भएका सञ्चालकमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाही र उपभोक्ताको तर्फबाट नागार्जुन नगरपालिका–५ निवासी कृष्ण बसेल रहेका छन् ।

प्राधिकरण सञ्चालक समितिमा उपभोक्तातर्फ पहिलोपटक दलित समुदायको प्रतिनिधित्व गर्दै बसेलको प्रवेश भएको छ ।

यसैगरी, मन्त्री श्रेष्ठको अध्यक्षतामा बुधबार नै बसेको प्राधिकरण सञ्चालक समितिको १०३०औँ बैठकले निमित्त कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको छ । काठमाडौं महानगरपालिका–१२ निवासी श्रेष्ठले विगत २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन् । उनले २०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा सेवा प्रवेश गरेका थिए ।

इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र इन्फर्मेशन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर पूरा गरेका श्रेष्ठलाई ऊर्जा क्षेत्रको व्यवस्थापन, प्रसारण प्रणाली विस्तार र विद्युत् सेवा सुधारका कार्यलाई तीव्रता दिने अपेक्षासहित नयाँ जिम्मेवारी दिइएको छ । नवनियुक्त दुवै सञ्चालक सदस्य र कामु कार्यकारी निर्देशक श्रेष्ठलाई बुधबार नै मन्त्री श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३