विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रकाे जयपृथ्वी नगरपालिका १० काे गोदाम घरमा डोजर चलाइएकाे छ । चैनपुर १० का अध्यक्ष पुष्पबहादुर सिंहले पुस २७ गते सार्वजनिक बिदाकाे दिन दिउसो २ बजे डोजर चलाएका हुन् ।

सरकारको पूर्ण स्वामित्वमा रहेको सार्वजनिक संस्थान प्राधिकरण बझाङ वितरण केन्द्रको किता नम्बर ८१ र २६० मा चारैतिर पर्खाल निर्माण गरी बनाइएको गोदाम घरमा डाेजर चलाएको केन्द्रले जनाएको छ । यसबाट लाखौं सम्पतिकाे नोक्सान तथा हिनामिना भएको जनाइएकाे छ ।

सिंहले बिनासूचना स्टोर घरको पश्चिम पट्टि रहेको कुनै दुई व्यक्तिको जमिनमा सडक तथा बाटो पुर्याई व्यक्तिगत लाभ लिने उदेश्यका साथ कार्य भएको केन्द्रले जनाएको छ ।

कुनै सरकारी कार्यलयभित्र डोजर लगाई सम्पति नोक्सान गर्न कुनै पनि जनप्रतिनिधिलाई कानुनले छुट नदिएको र कुनै कानुनमा समेत व्यवस्था नभएकोले त्यस्ता काम गर्ने व्यत्तिलाई छानविन गरी हदैसम्मको कारीबाही गर्न केन्द्रले आग्रह गरेको छ । साथै, उक्त गैरकानुनी कार्यबाट प्राधिकरणको क्षति तथा हिनामिना भएको सम्पतिको क्षतिपूर्ति समेत निजबाट भराई गर्न केन्द्रले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit