काठमाडौँ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एन्ड आयल प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको विद्युत्को बक्यौता प्रिमियम महसुलको पहिलो किस्ता तिरेको छ । पहिलो किस्ता बुझाएपछि नेपाल विद्युत् प्राधिकरणले कात्तिक ७ गतेदेखि काटेएको उद्योगको विद्युत् लाइन मंगलबार साँझ जोडिदिएको जनाएको छ ।
प्राधिकरणका अनुसार उक्त उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइनको बिजुली प्रयोग गरे बापतको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ प्रिमियमम महसुल बक्यौता राखेको थियो ।
उक्त बक्यौता रकमलाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता बापत ८६ लाख ३० हजार रुपैयाँ बुझाएको हो ।