विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । यस वर्षको ‘ऊर्जा ज्योति सम्मान’ विद्युत् नियमन आयोगका पूर्व-अध्यक्ष दिल्लीबहादुर सिंहलाई प्रदान गरिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २४औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनको उद्घाटन समारोहमा सिंहलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सम्मानपत्रसहित दोसल्ला ओढाएर सिंहलाई उक्त सम्मान प्रदान गरेका हुन् । 

विभिन्न सरकारी निकायमा रही झण्डै ४५ वर्ष सेवा गरेका सिंह निरन्तर ३८ वर्षसम्म सरकारी सेवा गरेका छन् । विद्युत् विकास विभागको महानिर्देशकसम्म भई ऊर्जा क्षेत्रमा सेवा गरेका सिंहले निजामती सेवाबाट निवृत्त भएपछि पनि विद्युत् नियमन आयोगको अध्यक्ष पदमा नियुक्त भई ५ वर्षे कार्यकाल पूरा गरेका थिए । यसरी उनले विभिन्न सरकारी निकायमा रही निरन्तर साढे ४ दशक ऊर्जा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

इपानका पूर्व-अध्यक्ष ऊर्जा उद्यमी शैलेन्द्र गुरागाईंकी छोरी श्रीनिका गुरागाईंको स्मृतिमा स्थापना गरिएको उक्त वार्षिक सम्मानको राशि नगद १ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३