विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को नयाँ कार्यसमितिको निर्वाचनका लागि २४ पदमा ४२ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षदेखि कार्यसमिति सदस्यसम्म इच्छुक व्यक्तिले उम्मेदवारी दिएका हुन् ।

इपानले २४औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचनका लागि आज (जेठ २८ गते) मध्यान्हमा उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गरेको छ । भोलि शुक्रबार अर्थात् जेठ २९ गते हेरिटेज प्लाजा, कमलादीमा हुने साधारणसभाबाट नयाँ कार्यसमिति चयनका लागि मतदान हुने कार्यतालिका छ । निर्वाचन समितिले प्रकाशित गरेको नामावली अनुसार विभिन्न पदाधिकारी तथा सदस्य पदहरूमा उत्साहजनक उम्मेदवारी परेको देखिन्छ ।

हाल वरिष्ठ उपाध्यक्ष रहेका मोहनकुमार डाँगी भने विद्यमान विधानअनुसार स्वतः अध्यक्ष हुनेछन् । अन्य पदमा पनि सहमति गर्ने भने पनि उपाध्यक्ष उत्तम भ्लोन लामा र महासचिव बलराम खतिवडाले प्यानल नै घोषणा गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा दुई र उपाध्यक्षमा ९ जनाको उम्मेदवारी

एउटा पद रहेको वरिष्ठ उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ। जसमा सिइडिबि होल्डिङ्ग्स लिमिटेडबाट लामा र वराह मल्टिपावर लिमिटेडबाट खतिवडा रहेका छन् ।

त्यस्तै, ५ जना सङ्‌ख्या रहेको उपाध्यक्षका लागि ९ जना मैदानमा उत्रिएका छन् । उपाध्यक्षका उम्मेदवारहरूमा उत्तरकुमार श्रेष्ठ (बुटवल पावर कम्पनी), कुमार खरेल (सिल्क पावर), ई. दीपक पौडेल (सानीभेरी हाइड्रोपावर), नरेन्द्र बल्लभ पन्त (ठूलोखोला हाइड्रोपावर), विक्रम बिष्ट (इसुवा इनर्जी), भरतप्रसाद नेपाल (माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट), भरत वहादुर खत्री (आरती पावर कम्पनी), सुसन कर्माचार्य (मादमे खोला हाइड्रोपावर) र हिमप्रसाद पाठक (साहस उर्जा) रहेका छन् ।

महासचिव र कोषाध्यक्षमा दुई-दुई जना भिड्दै, उप-महासचिव निर्विरोध

एक पद रहेको महासचिवका लागि भिजन इनर्जी एण्ड पावर लिमिटेडबाट टेकनाथ आचार्य (टि.एन. आचार्य) र फेदीखोला हाइड्रो पावर कम्पनी लिमिटेडबाट प्रकाशचन्द्र दुलालबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै, १ जना मात्र रहेको उप-महासचिव पदमा भने हिमसिला पावर कम्पनी लिमिटेडकी कविता पोखरेलको मात्र एकल उम्मेदवारी परेको छ ।

एक पद रहेको कोषाध्यक्ष पदका लागि देव ढुंगा मालिका हाइड्रोपावरका मिथुन चक्रवर्ती प्रसाद पौडेल र मध्य ताराखोला हाइड्रोपावरका शंकर बस्यालको उम्मेदवारी परेको छ ।

सचिवमा ७ र खुला सदस्यमा १५ जनाको दाबेदारी

पाँच पद रहेको सचिव पदका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कृष्णप्रसाद घिमिरे, कुवेरमणि नेपाल, विजय मोहन भट्टराई, वीरेन्द्रबहादुर मल्ल र सुमनकुमारी जोशी छन् ।

यसैगरी, ७ जना निर्वाचित हुने खुला सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यका उम्मेदवारहरूमा अनुप आचार्य, ईन्दिरा पन्त, कदम के.सी., जगदिश सिवाकोटी, जगतवहादुर पोखरेल, नारायण कँडेल, प्रदीप ओली, वर्णन लामिछाने, डा. भूषण गुरागाईं, मिलन खड्का, बाबुराम थापा, सकुन्द ओझा, सन्तोषराज नेपाल र सोमनाथ कँडेल रहेका छन् । 

३ जनाको कोटा रहेको महिला सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ज्योती गैरे, प्रतिमा ज्वाली, संगिता धमला र सिर्जना खड्का रहेका छन् ।

निर्वाचन समितिका अनुसार उम्मेदवारी उपर कुनै दावी विरोध भएमा जेठ २५ गते जारी गरिएको कार्यतालिकाको समयावधि भित्र स-प्रमाण निर्वाचन समितिको कार्यालयमा दावी विरोध गर्न सम्पूर्ण मतदाताहरूलाई जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३