विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिक्लेस हाइड्रो पावर कम्पनी लिमिटेडले आगामी भदौ २९ गतेदेखि साढे ११ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कास्कीमा निर्माण सम्पन्न भएका १३ मेगावाटको मद्क्यु खोला जलविद्युत आयोजनाले सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँ अंकित ११ करोड ५० लाख रुपैयाँ बराबरकाे ११ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५ प्रतिशत हुनआउने अर्थात् ५७ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषका लागि र ३ प्रतिशत हुन आउने अर्थात ३४ हजार ५ सय कित्ता सेयर कम्पनीको कर्मचारीका लागि छुट्याएको छ । बाँकी, १० हजार ५८ सय कित्ता सेयर सार्वसाधरणका लागि निष्कासन गरिनेछ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अभिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउँछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न बिओके क्यापिटललाई बिक्री प्रबन्ध तोकिएको छ । 

कम्पनीले पहिलो चरणमा स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कास्कीमा निर्माण सम्पन्न भएको १३ मेगावाट मद्क्यु जलविद्युत अयोजनाले विगत २०७४ चैत १९ गतेदेखि नियमति विद्युत उतपादन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit