विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणको काम ७० प्रतिशत पूरा भएको छ । प्राधिकरणले तीन वर्षअघि देखि निर्माण सुरु गरेको आयोजनाको काम आधाभन्दा बढी सकिएको छ ।

लाइन निर्माणको काम भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले गरिरहेको छ । २०७६ असार २२ गतेदेखि निर्माण सुरु भएको काम कम्पनीले कतै पनि अवरोध नभए २०८१ भदौसम्ममा सबै काम पूरा हुने आयोजना प्रमुख रवीकुमार चौधरीले बताए ।

३३ केभी प्रसारण लाइनलाई विस्थापित गरी कर्णालीमा भरपर्दो विद्युत् सेवा दिन कोहलपुर–सुर्खेतमा सुरु गरिएको १३२ केभी प्रसारण लाइनको निर्माण ढिलाई देखिएको छ ।

लाइन निर्माणमा राष्ट्रिय निकुञ्ज, स्थानीयको अवरोधले गर्दा निर्माण ढिलाई भएको चौधरीले जानकारी दिए । बस्ती तथा खेतीयोग्य जमिनमा असर पर्ने भन्दै केही सर्वसाधारणले विरोध गरिरहेका छन् । यसका लागि छलफल भइरहेको छ ।

यसैगरी, लाइनको रुटमा पर्ने बाके र बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पनि काम हुन सकेको छैन । यस क्षेत्रमा काम सुरु गर्नका लागि सम्झौता भइसकेको पनि चौधरीले बताए ।

लाइन विस्तारका क्रममा रुख कटानबापत जग्गा नै दिनुपर्ने भएपछि ६३ बिघा जग्गा खरिद गरेर निकुञ्जलाई उपलब्ध गराइसकिएको छ । लाइन विस्तारका लागि १३ हजार रुख कटान गर्नु पर्नेछ । त्यसमध्ये सुर्खेतमा ६ हजार ८८०, बर्दियामा ३ हजार ३२०, बाँकेमा २ ९१९ बराबर रुख काट्नुपर्ने देखिन्छ । यो लाइन विस्तार नहुँदा कर्णालीका नागरिकले चर्को मात्रामा अनियमित विद्युत्‌काे मार खेपिरहेका छन् ।

बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज भएर सुर्खेत जोड्ने आयोजनाको बीचमा वन तथा निकुञ्ज क्षेत्र भएकाले काममा ढिला हुँदै गएको हो । यो निकुञ्जभित्र करिब ६३०० रुख काट्नुपर्छ । यस क्षेत्रमा करिब ६२ वटा टावर निर्माण गर्नुपर्छ । यो क्षेत्रमा काम सुरु भएको ८ महिनाभित्र कुनै अवरोध सिर्जना नभए पुरै काम सम्पन्न हुने पनि चौधरीले बताए ।

२०७७ साउनमा ठेकेदार नियुक्त गरी निर्माण प्रक्रिया अघि बढाइएको लाइनको काम अन्तिम चरणमा पुगेको छ । ५० किलोमिटर लामो लाइनमा १६१ वटा टावर रहनेछन् । लाइन बाँकेको कोहलपुर सबस्टेसनबाट सुरु भई सुर्खेतको सुब्बाकुना सबस्टेसनमा पुगेर टुङ्गिनेछ । प्रसारण लाइन निर्माणपछि त्यस क्षेत्रका जनताले पाउने विद्युत् सेवाको गुणस्तरमा सुधार हुनेछ । विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीकरण विस्तार गर्न सकिनेछ ।

अहिले सुर्खेतमा ३३ केभी क्षमताको प्रसारण लाइन मात्रै सञ्चालनमा छ । नेपालगन्जबाट सुर्खेतसम्म तानिएको उक्त प्रसारण लाइन ‘ओभर लोडेड’ छ । प्रसारण लाइनका पोलहरू पनि जीर्ण अवस्थामा पुगेका छन् ।
सानो हावाहुरी र वर्षा हुँदा सुर्खेतमा सधैं जसो विद्युत सेवा अवरुद्ध हुने गरेको छ । १३२ केभी क्षमताको प्रसारण लाइन पूरा भएपछि अहिले भइरहेका सबै समस्याको समाधान हुने प्राधिकरणले जनाएको छ ।

यो प्रसारण लाइन निर्माण गर्न २०७७ साउनमा ठेकेदार नियुक्त गरिएको थियो । भारतको कम्पनी ‘आरएस इन्फ्राप्रोजेक्ट प्राइभेट लिमिटेड’ले प्रसारण लाइन निर्माणको ठेक्का पाएको छ ।

२०६९ मा अध्ययन अनुमति लिई २०७५ मा अध्ययन पूरा गरिएको आयोजनाले २०७७ जेठ २९ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति पाएको हो ।

आयोजना निर्माणका लागि एक अर्ब रुपैयाँ भन्दा बढी लागत अनुमान गरिएको योे आयोजनाको अहिले ठेकेदार कम्पनीले ७० करोड रुपैयाँ लागतमा काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit